१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता होस् उपप्रधानमन्त्री सिंह

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको आवासको अधिकारलाई सुनिश्चित गरिनुपर्ने बताएका छन् । 

विश्व बसोबास दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले नेपालको संविधानमा व्यवस्था गरे अनुसार सीमान्तकृत, घरबारविहीन, सामाजिक तथा आर्थिक रूपले पछि परेका नागरिकको आवासको हक सुनिश्चित गर्न सरकार लागिरहेको बताए ।

उपप्रधानमन्त्री सिंहले सहरी विकासमा युवाको सङ्लग्नता बढाउन सरकारले पहल थाल्ने बताएका छन् । “यसका लागि सहरी विकास मन्त्रालय, जनता आवास कार्यक्रम, सुरक्षित नागरिक आवास कार्यक्रम तथा बस्ती विकास कार्यक्रम सञ्चालन गरी सरकार ग्रामीण क्षेत्रका नागरिकको समेत व्यवस्थित आवासमा पहुँच सुनिश्चित गर्ने दिशामा अग्रसर छ,” उनले भने “नेपाल सरकारको तर्फबाट सहरी विकासमा युवाको सङ्लग्नता विषयका लागि गर्नुपर्ने प्रयासलाई निरन्तरता दिनेछौँ । युवा जनसङ्ख्याको गतिशील र शक्तिशाली हिस्सालाई उचित शिक्षा, रोजगारमूलक सीप, उचित रोजगारका अवसर उपलब्ध गराई उनीहरूको सिर्जनात्मक शक्तिलाई बृहत्तर राष्ट्रिय हितसँगसँगै समग्र सहरी विकासमा पनि समाहित गर्नु आजको प्रमुख आवश्यकता हो ।” 

उपप्रधानमन्त्री सिंहले दिगो विकास एजेण्डा-०३० को लक्ष्य ८ ले सबैका लागि समावेशी र दिगो आर्थिक वृद्धि, पूर्ण उत्पादक मूलक र सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्ने र लक्ष्य ११ मा सहर र मानव बसोबासलाई समावेशी, सुरक्षित, उत्थानशील र दिगो बनाउने लक्ष्य लिएकाले सोही अनुसार सरकार क्रियाशील रहेको उल्लेख गरे । उनले भने “यी लक्ष्य हासिल गर्नका लागि संघीय, प्रादेशिक र स्थानीय सरकार निरन्तर क्रियाशील रहेका छन् । १६औँ आवधिक योजना, संघीय तथा प्रादेशिक र स्थानीय सरकारका नीति, कार्यक्रम र बजेटमा पनि यसलाई उच्च प्राथमिकता दिइएको छ ।”

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशप्रसाद सिंहले वातावरणमैत्री सहरी पूर्वाधार निर्माण गर्नु आजको आवश्यकता रहेको बताए । सहरी विकास मन्त्रालयका सचिव मणिलाल गेलालले पछिल्लो समय युवापुस्ता विदेशिने क्रम बढेसँगै सहरी विकासमा युवाको सङ्लग्नता बढाउने योजना कार्यान्वयनमा चुनौती देखिएको धारणा राखे । 

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले दिगो सहरी विकासका लागि युवा सङ्लग्नता बढाउनुपर्ने र यसका लागि शिक्षा, स्वास्थ्य रोजगारीलगायतका सुविधा तथा अवसर सिर्जनामा जोड दिनुपर्ने बताए। मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साह, नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हन्ना सिगर हाम्दीले सहरी विकासमा युवा वर्गको सङ्लग्नताबारे प्रकाश पारेका थिए । 

कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख धनश्याम गिरिले पनि सहरी विकासमा युवा सङ्लग्नता बढाउनका लागि योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए। ‘कर्मशील युवा: समुन्नत सहर’ भन्ने नारासहित यस वर्ष दिवस मनाइँदै छ । युएन-ह्याबिट्याटबाट सन् १९८६ देखि प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस मनाउँदै आएकामा नेपालमा पनि सन् २००१ देखि उक्त दिन विश्व बसोबास दिवस मनाउन थालिएको हो । 

युएन ह्याबिट्याटको तथ्यांक अनुसार हाल विश्वभर १८-२५ उमेर समूहका व्यक्तिको सङ्ख्या एक दशमलव तीन बिलियन रहेकोमा त्यसको ८०५ जनसङ्ख्या विकासशील र विकासोन्मुख राष्ट्रहरूमा रहेको देखिएको छ । यसैगरी नेपालमा १६-४० उमेर समूहका युवाको सङ्ख्या एक करोड २४ लाख रहेको छ जुन कूल जनसङ्ख्याको ४२ दशमलव छ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस