काठमाडौँ । वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान भएको छ । अस्ति शुक्रवारदेखि सफ्टवेयरमा समस्या आएको र आज समस्या समाधान भइ सेवा प्रवाह शुर भएको बोर्डले जनाएको छ ।
सफ्टवेयरमा समस्या आएपछि वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका तथा अंगभंग भएका कामदार र उनीहरूका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणलगायतको काम रोकिएको थियो ।
सफ्टवेयरमा समस्या देखिएर सेवा केही प्रभावित भए पनि इमेल तथा भौतिक रूपमा उपस्थित भइ दिएको निवेदन भने संकलन निरन्तर रूपमा भइरहेको उनको भनाइ छ ।