१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेपलाञ्चोक र ललितपुरका अति प्रभावित ९ पालिकालाई १ करोड राहत

अ+ अ-

काठमाडौँ । सरकारले काभ्रेपलाञ्चोक र ललितपुरका ९ स्थानीय तहलाई एक करोडका दरले प्रत्येक स्थानीय तहलाई राहत स्वरूप रकम उपलब्ध गराउने भएको छ ।

गत असोज १० देखि असोज १३ सम्मको अति भारी वर्षापछिको बाढी, पहिरो तथा डुबान प्रभावित स्थानीय तह मध्ये काभ्रेपलाञ्चोकका ५ र ललितपुरका ४ गरेर ९ स्थानीय तहलाई १ करोडका दरले राहत उपलब्ध गराउन लागिएको हो ।

ति स्थानीय तहको क्षतिको आधारमा तत्काल राहत उपलब्ध गराउने गत बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णय अनुसार मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९ को दफा ५ ग ८ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहत स्वरूप विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदमा सिफारिस गरिएको हो ।

एक करोड राहत पाउनेमा बाढी, पहिरो तथा डुबानबाटै अति प्रभावित काभ्रपलाञेकको ५ पालिकामा रोशी गाउँपालिका, तमाल गाउँपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिका रहेका छन् भने ललितपुरका ४ पालिकामा महाँकाल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिका रहेका छन् ।

यस्तै प्रभावित पाँचथर, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर र उदयपुरका १२ स्थानीय तहलाई ७५ लाखका दरले राहत उपलब्ध गराउने भएको छ भने सामान्य प्रभावित इलाम, ओखलढुंगा, काभ्रेपलाञ्चोक, खोटाङ, चितवन, दोलखा, धादिङ, पाँचथर, मकवानपुर, महोत्तरी, रामेछाप, रौतहट, सप्तरी, सर्लाही, सिन्धुपाल्चोक, सिन्धुली, सिरहा र सोलुखुम्बुका ५० स्थानीय तहलाई ५० लाखका दरले राहत उपलब्ध गराउन लागिएको हो ।

राहत रकम सम्बन्धित स्थानीय तहले गर्ने कार्यक्षेत्र विपद् व्यवस्थापन कोष सञ्चालन कार्याविधि, २०७९ को दफा ५ ग ८ बमोजिम तोक्ने र त्यसै अनुसार मार्गदर्शनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदमा पेश गर्ने निर्णय भएको छ ।

बैठकले यस वर्षको मनसुन अवधि ९२ (८१ जेठ २८ देखि असोज २६ सम्म)मा मृत्यु भएका व्यक्तिको परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने निर्णय पनि भएको छ । जसमा विपद्जन्य घटनामा मृत्यु भएका व्यक्तिका परिवारका एक जना सदस्यको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदमार्फत सरकारलाई अनुरोध गर्न निर्णय भएको छ ।

साथै बैठकले जाजरकोट, बझाङ र डोटीलाई केन्द्रबिन्दु बनाएर गएका भूकम्पपछिको विस्तृत क्षति आँकलन तत्काल अघि बढाएर स्थायी निजी आवास पुनर्निर्माण कार्य अघि बढाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिने निर्णय भएको छ ।

त्यसका लागि आवश्यक बजेट उपलब्ध गराइदिन परिषदमार्फत सरकारलाई अनुरोध गर्नुका साथै पुनर्निर्माण तथा पुनर्स्थापना कार्यका लागि आवश्यक वित्तीय स्रोत व्यवस्थापन गर्न विकास साझेदारलाई समेत अनुरोध गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस