काठमाडौँ । रघुराम विष्ट सचिवमा बढुवा भएका छन् । बिहीबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशका कायम मुकायम प्रदेश प्रमुख सचिव विष्टलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।
ज्येष्ठतामा एकल सिफारिस भएका विष्टलाई बढुवासँगै गण्डकी प्रदेशकै प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव रघुराम विष्टको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार : सचिव बढुवाका लागि वरिष्ठ सहसचिव विष्टको नाम सिफारिस
विष्टलाई सोही सोही प्रदेशको प्रमुख सचिवमा नै पदस्थापन गरेसँगै तत्काललाई सचिव सरुवा तथा थप कायम मुकायम भने दिइएन ।