९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अखाद्य रसायन मिसाएर लड्डु बनाउने दुई उद्योग शील

अ+ अ-

काठमाडौँ । वीरगन्जमा दीपावली पर्वलाई लक्षित गरी अखाद्य वस्तुबाट लड्डु बनाएर मिठाइ पसल तथा होटेलहरूमा आपूर्ति गर्दै आएका दुईवटा लड्डु उद्योगमा बजार अनुगमन समितिले आइतबार छापा मारेर सिल गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका प्रमुख सुनिल चौरसिया नेतृत्वको टोलीले वीरगन्ज-११ श्रीपुर र वीरगन्ज-१० रानी घाटमा लड्डु बनाउने उद्योगमा आइतबार छापा मारेर सिल गरेको हो ।

श्रीपुर र रानी घाटमा घर भाडामा लिएर भारतीय नागरिकले सञ्चालन गरेका उद्योगमा छापा मार्ने क्रममा अखाद्य रसायन (केमिकल) र रंग तथा बेसनको सट्टा कनिका र गहुँको पिठोबाट लड्डु बनाउँदै गरेको भेटिएको अनुगमन टोलीले जनाएको छ ।

श्रीपुरमा भारत बिहारको जमुई जिल्लाका निरज यादवले र रानी घाटमा बिहार जमुईकै वीरेन्द्र यादवले घर भाडामा लिएर नेपाल सरकारको अनुमित बेगर लड्डु बनाइरहेको भेटिएको बताइएको छ ।

सोधपुछका क्रममा ती भारतीय नागरिकले उत्पादन गरेको कमसल गुणस्तर र अखाद्य लड्डु वीरगन्जका मिठाई पसल र होटेलहरूमा प्रतिकिलो १ सय ५० रुपैयाँमा बेच्ने गरेको बताएका छन् । 

नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नै नगरी सञ्चालन गरिएका तथा अखाद्य लड्डु उत्पादन गरिहरेका दुवै उद्योगमा अनुगमन समितिले सिल गरेको हो । यसका साथै श्रीपुरको उद्योगका सञ्चालक निरज यादवलाई २० हजार रुपैयाँ जरिवाना पनि गरिएको  छ। अर्का रानी घाटका सञ्चालक वीरेन्द्र यादवलाई भने थप कारबाही के गर्ने भन्ने बारेमा अनुगमन समितिको बैठक बसेर निर्णय गर्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस