काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तिखो टिप्पणी गरेका छन् । आज एक कार्यक्रममा बोल्दै उनी रास्वपामाथि खनिएका थिए ।
उनले रविमाथि प्रहार गर्दै खाने बेलामा आँखा नदेख्ने र अरूलाई गाली गर्ने तर्क गरे ।
‘हुन त दुई चार हजारको जुलुस निस्किएपछि भरे नै गयो सरकार भोलि नै गयो सरकार’ । खाने बेलामा आँखा नदेख्ने‘ खुर्सानी चपायो भने पिरो हुँदैन ? खाने बेलामा आँखा नदेख्ने, अहिले अरूलाई गाली गर्ने, अन्याय भो भन्ने ? फेरि न्याय दिने काम त मेरो होइन । छानबिन गर्ने काम पनि मेरो होइन । त्यसको लागि निकायहरू छन् ।
अहिलेको सरकारले कसैलाई पनि समात, छोड, निकाल, उकास जस्ता कुराहरू गर्दैन । यो निष्पक्ष सरकार हो । निष्पक्षताबाट पछाडि पनि हट्दैन । दुई(चार हजार कराएर न्यायलाई प्रभावित पार्छु भन्ने ठानेका छन् भने, मैले विश्वास लिएको छु, त्यस्ता हाहुबाट अदालत प्रभावित हुन थाल्यो भने नेपालमा न्यायको सम्भावनै रहँदैन । त्यसबाट सिकिहाल्छ नि मान्छेले । त्यसो भए न्याय त जो कराउँछ त्यसले मात्रै प्रभावित गर्ने हुन्छ । यो कुरा अदालतलाई स्वीकार्य हुन्छ जस्तो लाग्दैन ।
मैले हिजो अदालतमाथि आक्रमण गर्दै बोलेको सुनेँ । अदालतलाई छानबिन गर्न दिउँन । संसदीय छानबिन समिति बनाउने कुरा आउँदा मैले यो आवश्यक छैन, अन्य छानबिन गर्ने निकाय छन्, त्यहाँबाट गरौँ भनेको हो । उनीहरू नै हो समिति बनाऊँ भनेर उफ्रिने ।
समितिमा आफैँ बसेका हुन् । म त थिइनँ । उहाँहरूको प्रतिनिधि थिए । माओवादीको, राप्रपाको प्रतिनिधि थिए । सबैले सर्वसम्मतिले फलानो-फलानो चार जनाले ठगी गरेको भनेर सिफारिस गरेको छ ।
संसदले कारबाही गर भनेर बुझाउने । अनि सरकारले त्यसलाई कहाँ लगेर लुकाउने रु कारबाही गर्ने ठाउँमा पठाइदिनु परेन रु
यो उफ्रिने कुराको कुनै अर्थ छैन । राजनीति भन्ने के हो नबुझेको, वडामा उठाउन ठिक थिए कि थिएनन्, ‘बाइ फ्लुक’ पार्टी बनाएका, भवितव्यमा यहाँ आएका, राजनीतिक संस्कार थाहै नपाएका तत्त्वहरूको कुरा हो ।’