८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालको दाबी : दुई दलीय व्यवस्थाका लागि सरकारले अध्यादेश ल्याउन लागेको हो

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले सरकारले दुई दलीय व्यवस्थाका लागि अध्यादेश ल्याउन लागेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस-एमालेको फाइदाका लागि अध्यादेश ल्याउन लागेको भन्दै काँग्रेसलाई भ्रममा राख्दै एमाले बलियो बनाउन लागेको बताएका हुन् ।

समाजवादी प्रेस संगठन नेपाल कास्कीद्वारा सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यसअघि सरकारले आवश्यकताका लागि अध्यादेश ल्याएको बताए । ‘अहिले आवश्यकभन्दा पनि पूर्वाग्रहका साथ ल्याउन लागिएको हो, ‘नेपालले भने, ‘उ बेला पार्टीभित्रको ठूलो हिस्सा अन्यायमा परेको थियो । जनता सडकमा उत्रिएका थिए । त्यस बेला न्याय चाहिएको थियो । अहिले कुनै बाध्यता छैन । स्थिति छैन । तर, सरकारलाई समाजवादी पार्टी फुटाउनु छ ।’

नेपालको राजनीति र नेपालको मौसम उस्ता उस्तै रहेको भन्दै पूर्वानुमान गर्नै नसकिने उनले व्यङ्ग्य गरे । अहिलेको सरकार काम गर्नेभन्दा पनि बोल्ने मात्र रहेको बताए । ‘जनताको पीडा सम्बोधन र समाधानमा सरकार इमानदारीका साथ लागेन, ‘उनले थपे, ‘पदमा पनि सरकार देखिएन ।’ जनप्रतिनिधि निवास, सरकारी भवन निर्माणमा नै केन्द्रित रहेको उनको भनाइ थियो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायत १६ वटा विमानस्थल, भ्युटावर, गाउँपालिका-नगरपालिका र वडाका भवन, पालिकाभित्रका अस्पताललगायतमा अनावश्यक लगानी भएको उनले बताएका छन् ।

समाजवादी यात्रा गर्दा रोजगारी, सुशासन, उत्पादन, देशका परियोजना विचार पुर्‍याइ तय गर्ने, बजारको व्यवस्थापन र मूल्यांकन गर्ने बताउँदै नेपालले माओवादीसँग एकताको सम्भावना रहेको र एमालेसँग कल्पना नै गर्न नसकिने उनको भनाइ थियो । सहकारपीडितका मुद्दालाई तत्काल सम्बोधन गर्नुपर्ने उनले बताए । ‘दोषीलाई उन्मुक्ति र निर्दोष नफसोस् भन्ने हो, ’उनले थपे ।

नजिकिँदै गरेको उपनिर्वाचनमा पनि समाजवादी एक्लै चुनाव लड्ने र यसका लागि उम्मेदवार तयार भएको उनले बताए । दसौँ महाधिवेशनपछि पार्टी नयाँ सोचबाट अघि बढाउँदै आएको भन्दै उनले निर्वाचनले कतिपयलाई समेट्न नसकिएको बताए । पार्टीको प्रदेश अधिवेशनको तयारी भएको र जिल्लाको पनि क्रमशः गर्दै जाने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस