काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले लिएको ३७ औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।
परिषद्ले शनिबार लिएको परीक्षामा पीसीएल र बीएस्सी नर्सिङ गरी कुल १ हजार २४९ जना परीक्षार्थीमध्ये ५ सय जना उत्तीर्ण भएको परिषद्का रजिष्ट्रार शुक्ला खनालले जानकारी दिए ।
पीसीएल नर्सिङतर्फ ९८३ जनाले फारम भरेकोमा ९५५ जनाले मात्र परीक्षा दिएका थिए । यसमध्ये ३३१ जना (३४.६९ प्रतिशत) उत्तीर्ण भएका छन् । त्यस्तै बीएस्सी नर्सिङतर्फ २९८ जनाले फारम भरेकोमा २९४ जनाले परीक्षा दिएका थिए।
जसमध्ये १६९ जना (५७.४८ प्रतिशत) उत्तीर्ण भएका छन् । उत्तीर्ण परीक्षार्थीहरूलाई कात्तिक २५ गतेदेखि प्रमाणपत्र वितरण गर्ने परिषद्ले जनाएको छ ।
