६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुसन्धान गर्न पाइँदैन भनेर जुलुस निकाल्ने पार्टीले सुशासनको कुरा गर्न मिल्दैन : शंकर पोखरेल

अ+ अ-

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले सहकारी प्रकरणमा परेका नेतालाई छानबिन गर्न पाइँदैन भनेर जुलुस निकाल्ने पार्टीले सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् । विभिन्न चाडपर्वका अवसरमा एमाले चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमालेले पार्टीका कुनै पनि नेतालाई अनुसन्धान नगर भनेर आन्दोलन र जुलुस ननिकालेको तर नयाँ भनिएकाले यस्तो गरिरहेकामा विरोध जनाए । 

महासचिव पोखरेलले भने, “सहकारी प्रकरणमा एमाले नेतृत्वको सरकारले कसैलाई अन्याय ग¥यो कि भन्ने लाग्न सक्छ तर व्यक्ति केन्द्रित छानबिन नगरौँ भन्ने पार्टीले त्यस्तो गर्न सक्दैन । छानबिन समिति सबै दलको सहभागितामा निर्माण गरिएको हो । तीमध्ये दुई पार्टी सत्ता र तीन पार्टी प्रतिपक्षमा रहेका छौँ, सबैको सर्वसम्मतिमा प्रतिवेदन तयार भएको र सरोकारवाला निकायले अनुसन्धान अघि बढाएको कुरालाई प्रतिशोध भनेर उचाल्नु राम्रो होइन ।”

यसैगरी उनले नयाँ भनेका पार्टीभन्दा पुरानै पार्टीले बरु न्यायालयप्रति सम्मान गरेर सहयोग गर्दै आएको  धारणा राखे । “काँग्रेस एमालेले कुनै पनि काण्डमा अनुसन्धानको प्रक्रिया रोक्न नारा जुलुस गरेका छैनन् तर नयाँ भनिएका पार्टीले ठगी प्रकरणमा परेकालाई छानबिन गर्न पाइँदैन भनेर आन्दोलन गरिरहेका छन् । यो राम्रो भएन”, महासचिव पोखरेलको भनाइ थियो । पटक-पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ गरेको चितवन कुनै पनि बहकाउमा नलाग्ने उहाँले विश्वास व्यक्त गरे ।  

प्रतिक्रिया दिनुहोस