७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असोजमा तीन अर्ब ४५ करोड ६३ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको असोजमा तीन अर्ब ४५ करोड ६३ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । स्वचालित प्रणाली (अटोमेटिक रुट) बाट २१ वटा उद्योगमा १५ करोड १० ला रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

विभागले गत वैशाखमा आयोजित तेस्रो लगानी सम्मेलनको अवसरबाट अटोमेटिक रुटमार्फत विदेशी लगानी प्रतिबद्धता स्वीकृत गर्ने लागु गरेको थियो । असोजमा म्यानुअल प्रणाली (अप्रुभल रुट) बाट ३४ वटा उद्योगमा ३ अर्ब ३० करोड ५३ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

असोजमा सबैभन्दा बढी पर्यटन क्षेत्रमा ६४ प्रतिशत, सेवा क्षेत्रमा २४ प्रतिशत, उत्पादन क्षेत्रमा ७ प्रतिशत, कृषिमा ४ प्रतिशत र सूचना तथा प्रविधि क्षेत्रमा १ प्रतिशत लगानी प्रतिबद्धता आएको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । साउन, भदौ र असोजमा स्वचालित प्रणाली (अटोमेटिक रुट) बाट ७३ वटा उद्योगमा १ अर्ब १ करोड ३५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । अप्रुभल रूटबाट १३१ वटा उद्योगमा१५ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

आर्थिक वर्ष ०८०-८१ मा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । उक्त वर्ष खुद विदेशी लगानी ८ अर्ब ४० करोड ७ लाख रुपैयाँ मात्रै भित्रिएको छ । कुल ८ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ विदेशी लगानी भित्रिए पनि ७ करोड ३९ लाख रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी ८ अर्ब ४० करोड ७ लाख रुपैयाँ मात्रै भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस