१६ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पदा जोड्दै तीन दिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ सम्पन्न: विश्वसामु हाम्रा कथा प्रस्तुत गर्ने प्रतिबद्धता

अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले युनेस्कोको सिर्जनशील चलचित्र शहरको मान्यताअनुसार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिबद्धता पूरा गरेको बताएकी छन् । 

काठमाडौँ फिल्म फेस्टिभल २०२६ को समापन समारोहलाई बौद्धनाथमा सम्बोधन गर्दै उनले सन् २०२३ मा युनेस्कोको सिर्जनशील चलचित्र सहरको मान्यता प्राप्त गरेपछि चार वर्षभित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिबद्धता गरेको र सन् २०२६ मै त्यसलाई पूरा गर्न सफल भएको बताएकी हुन् । उनले तीन दिने फेस्टिभलले विश्व सम्पदा सूचीमा रहेका हनुमानढोका दरबार क्षेत्र र बौद्धनाथलाई जोडेको उल्लेख गरिन् । 

 वसन्तपुरबाट शुरु भएको फेस्टिभल बौद्धनाथमा समापन गर्न पाउँदा खुशी लागेको उनको भनाइ छ । फेस्टिभलको पहिलो दिन वर्षाका कारण कार्यक्रम सञ्चालनमा कठिनाइ भएपनि कलाकार, स्वयंसेवक, महानगरपालिका परिवार र नगर प्रहरीको सहयोगले कार्यक्रम सफल भएको उनले बताइन् । विशेषगरी वर्षाका बीच पनि फिल्म हेर्न उत्साहित वरिष्ठ कलाकारहरूप्रति उनले आभार व्यक्त गरिन् । फेस्टिभल सफल बनाउन सहयोग गर्ने फिल्म विकास बोर्ड, एलायन्स फ्रान्सेज, अमेरिकी तथा अस्ट्रेलियाली दूतावास, युनेस्को र अन्य साझेदार संस्थालाई पनि उनले धन्यवाद दिइन् ।

त्यस्तै, फेस्टिभलका निर्देशक तथा आयोजक टोलीले गरेको मेहनतको प्रशंसा गर्दै उनले राति १० बजे शुरु हुने बैठक बिहान २ देखि ३ बजेसम्म चल्ने गरेको अनुभव सुनाइन्। नेपाली चलचित्र र कथालाई अन्तर्राष्ट्रिय समुदायमाझ पुर्‍याउनु फेस्टिभलको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै डंगोलले नेपालले विश्वका कथा हेर्ने र सुन्ने मात्र नभई विश्वले पनि नेपाली कथा हेर्ने र सुन्ने वातावरण बनाउनुपर्ने बताइन् ।

डंगोलले भनिन्, ‘नेपालले विश्वका कथाहरू हेर्ने, सुन्ने मात्र होइन, विश्वले पनि हाम्रा कथाहरू देख्न र सुन्न पाउनुपर्छ । वरिष्ठ कलाकारहरूलाई खाना खान जाने वा विश्राम गर्ने हो भनेर सोध्दा पनि उहाँहरूले होइन, हामी अझै फिल्म हेर्न चाहन्छौँ भन्नुभयो । यसले हामीलाई थप ऊर्जा दिएको छ । हामीले विश्वका कथा नेपाललाई देखाउने, सुनाउने र सुनाउने मात्र होइन, नेपालका कथाहरू पनि विश्वले देख्ने र सुन्ने वातावरण बनाउनुपर्छ ।’

फेस्टिभलको औपचारिक समापन भए पनि नेपाली कथा र चलचित्रलाई विश्वमाझ पुर्‍याउने यात्रा निरन्तर रहने उनको भनाइ छ ।

0 Comments