विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाडपर्वहरू सामाजिक सहिष्णुता र एकता प्रवर्द्धन गर्ने माध्यम भएका बताएका छन् ।
नेपाल संवत् ११४५ का अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले नेपाल संवत् मुलुकको मौलिक संवत् भएको बताएका छन् । आजदेखि नववर्ष प्रारम्भ भएको तथा यसले आपसी सद्भाव वृद्धि गर्ने बताएका छन् ।
मुलुकका राष्ट्रिय विभूति तथा नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वा छन् । काठमाडौँका समाजसेवी उनले धेरै निर्धनलाई ऋणमुक्त गरेको जनश्रुति छ ।