काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले सीमावर्ती क्षेत्रका नागरिकलाई भन्सार छलीको नाममा दुःख दिनुका साथै निजी सम्पत्ति लुट्ने गरेको आरोप लगाएका छन् ।
दीपावली तथा छठ पर्वको अवसरमा आज रौतहटको घिऊरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी कमिसनको लोभमा निजी सम्पत्ति कब्जा गरिएको बताउँदै त्यसको हिस्सा तलदेखि माथिसम्मकाले बाँडेर खाने गरेको आरोप उनले लगाए ।
सीमावर्ती क्षेत्रका नागरिकको निजी सम्पत्ति जफत गरेर भन्सारको कानूनमार्फत ४५ प्रतिशत कमिसन खाने व्यवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उनले यसका विरुद्धमा कडा आन्दोलनको आवश्यकता भएको बताए ।
प्रधानमन्त्री ओलीले शान्ति सुरक्षा कायम गर्न असफल भएको दाबी गर्दै उनले अहिले सबै क्षेत्रमा सरकारकारी आतङ्क मच्चाइएको बताए । उनले विभिन्न ठुला काण्डमा मुछिएका सत्तारुढ दलका नेतालाई जोगाउने काम ओली सरकारले गरेको बताए ।