९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ ?

अ+ अ-

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । गत शुक्रबार मन्त्री स्तरीय निर्णयबाट उनीहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

मन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशकबाट केही समयअघि मात्रै टेकु अस्पताल पठाइएका डा. अनुप बास्तोलालाई मन्त्रालय तानिएको छ । उनलाई मन्त्रालयमै विशेष जिम्मेवारी दिने गरी सरुवा गरिएको हो ।

त्यसैगरी, गेटा अस्पतालको नेतृत्वको जिम्मेवारी सेती प्रादेशिक अस्पतालमा कार्यरत डा. अशोक श्रीपाइलीलाई दिइएको छ । गेटामा कार्यरत डा. विप्लव सापकोटालाई फिर्ता बोलाइएको छ ।

त्यसैगरी स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रमा कार्यरत डा. भक्त केसीलाई मन्त्रालयको समन्वय महाशाखामा तानिएको छ । डा. केसीको ठाउँमा उपेन्द्र ढुंगानालाई सरुवा गरिएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको समेत नेतृत्व सम्हालिरहेका सिंहदरवार वैद्यखानाका निर्देशक डा. प्रदीप केसीलाई वैद्यखानामै केन्द्रित गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस