काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले दरबन्दी विवरण स्वीकृतिमा असन्तुष्ट जनाएका छन्।
प्राधिकरणमा क्रियाशील नेविप्रा राष्ट्रिय कर्मचारी युनियन र नेविप्रा कर्मचारी कल्याण परिषद्ले संयुक्त रूपमा १६ बुँदे मागसहितको ध्यानाकर्षण पत्र कार्यकारी निर्देशक कुलमान घिसिङलाई बुझाउँदै असन्तुष्ट जनाएका हुन्।
प्राधिकरणले आफ्नो व्यवसायगत कार्य सञ्चालनका लागि सरोकारवालाहरूसँग बहस तथा छलफलका आधारमा आवश्यक पर्ने सबै जनशक्तिको यकिन गरी संगठन संरचना तथा दरबन्दी विवरण तयार गर्नुपर्नेमा त्यसो नगरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ।
हेर्नुहोस् पत्र:









