काठमाडौँ । कालिकोट जिप दुर्घटनामा निधन भएकाको सम्झनामा पलाँता गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ । आइतबार पलाँता गाउँपालिका-३ मा भएको जिप दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो।
सोही दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा पलाँता गाउँपालिकाले शोक विज्ञप्ति जारी गर्दै पालिकासहित मातहतका सबै कार्यालयलाई शोक बिदा दिइएको हो ।
उक्त दुर्घटनामा चालकसहित ७ जनाको मृत्यु भएको थियो भने १३ घाइते भएका थिए । घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ ।
उक्त दुर्घटनामा ज्यान गुमाएका मृतकको सोमबार पोस्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाएपछि दाहसंस्कार हुने कालिकोट प्रहरीले जनाएको छ ।







