२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन व्यवसायी वाग्लेको अन्त्येष्टि, कांग्रेस नेताद्वारा श्रद्धाञ्जली व्यक्त

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं वरिष्ठ पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको अन्त्येष्टि गरिएको छ । आइतबार साँझ उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएका वाग्लेको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

नेपाली कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधिसमेत रहेका वाग्लेको पार्थिव शरीरमा पार्टीका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए।

श्रद्धाञ्जली कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए ।

पार्टीका केन्द्रीय सदस्यहरू बलबहादुर केसी, शंकर भण्डारी, कमला पन्त, रामहरि खतिवडा, अब्दुल सत्तार, प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँ, कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेलगायत दर्जनौँ नेता तथा पर्यटन व्यवसायीको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ (निट) नेपाल पूर्वमहासचिवसमेत रहेका ५५ वर्षीय वाग्लेलाई कलेजोको समस्या देखिएपछि कात्तिक १९ गते अस्पतालमा भर्ना गरिएको थियो ।

स्वर्गीय वाग्लेको ठमेलमा होटेल, ट्राभल, टुर्सलगायत व्यवसाय रहेको छ । उनको जलविद्युत्, बीमा, बैंकलगायतमा लगानी छ । स्वर्गीय वाग्ले विगत तीन दशकदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशील थिए । स्वर्गीय वाग्ले कांग्रेस नेता एवं पूर्वमन्त्री चिरञ्जीवी वाग्लेका छोरा हुन् ।