काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका सदस्य सचिव तथा सदस्यहरू मनोनयन गरी दुई विभागलाई पूर्णता दिएका छन् ।
अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रमुख रहेको स्थानीय तह परिचालन विभागमा केन्द्रीय सदस्य भरत पाठक (नुवाकोट) लाई विभागको सदस्य सचिव मनोनयन गरेका छन् ।
यसैगरी सदस्यहरूमा सहायक महामन्त्री ताहिर अलि (रुपन्देही), केन्द्रीय सदस्य रामहरी थापा (भक्तपुर), केन्द्रीय सदस्य तीर्थराज चटौत (कन्चनपुर), केन्द्रीय सदस्य देबकुमारी पराजुली (स्याङ्जा) र केन्द्रीय सदस्य विनोद भारती (बारा) रहेका छन् ।
यसैगरी अध्यक्ष लिङ्देनले सहायक महामन्त्री विजय खड्का प्रमुख रहेको पर्यटन विभागमा सदस्य सचिव र सदस्यहरू मनोनयन गरेका छन् ।
विभागको सदस्य सचिवमा पर्यटन व्यवसायी गणेश रिमाल (धादिङ) रहेका छन् भने सदस्यहरूमा सांसद आशा लामा (काठमाडौँ), अर्जुन खनाल (कास्की), आराधना पुडासैनी (मोरङ), रामप्रसाद सापकोटा (धादिङ), रिना खड्का (काभ्रे), सुशील पन्त (गोरखा), तीर्थराज सुवेदी (कास्की), निर्मला ईजम (ताप्लेजुङ), मेरिना श्रेष्ठ (सल्यान), कमल रिमाल (काठमाडौँ), किशोर खड्का (बझाङ), दावा किपा शेर्पा (स्विटजरल्याण्ड प्रवास), मेघनाथ आचार्य (रुपन्देही) र सगरमाथा आरोही दावा छिरी शेर्पा (दोलखा) रहेका छन् ।
अध्यक्ष लिङ्देनले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा दुवै विभागका सदस्य सचिव तथा सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गरेका छन् ।







