२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन् उपनिर्वाचनका लागि राप्रपाले टुंग्याएका १७ उम्मेदवार

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १६ मंसिरमा हुने उपनिर्वाचनका लागि १७ जना उम्मेदवार टुंगो लगाएको छ । पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार कीर्तिपुर नगरपालिकाको मेयरमा ध्रुव महर्जन उम्मेदवार टुंगो लागेका छन् ।

त्यस्तै दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा मनकुमारी श्रेष्ठ र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा सुनादेवी थापा (भोटे) उम्मेदवार पक्का भएका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यस्तै उपनिर्वाचन हुने वडाहरुमध्ये १४ वटा वडाध्यक्षको उम्मेदवार पनि टुंगो लागेको राप्रपाले जनाएको छ ।

उपनिर्वाचन हुने सबै स्थानमा राप्रपाले कसैसँग तालमेल नगर्ने र आफैँ उम्मेदवारी दिने प्रवक्ता श्रेष्ठले बताए । बाँकी उम्मेदवार छिट्टै टुंगो लगाउने उनले जानकारी दिए ।

राप्रपाले वडाध्यक्षका उम्मेदवारहरूको नाम पनि टुंग्याएको छ । झापाको कन्काइ नगरपालिका–६ मा नारायणप्रसाद निरौला, सुनसरीको गढी गाउँपालिका-६ मा कविताकुमारी उराव, तेह्रथुमको लालीगुरास नगरपालिका-८ मा रत्नबहादुर श्रीपाली, ओखलढुंगाको मोलुङ गाउँपालिका-५ मा चन्द्रमणि दाहाल, सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ मा सतीशकुमार चौधरी, सप्तरीको डाक्नेश्वरी नगरपालिका-४ मा रामकुमार यादव, काठमाडौँ महानगरपालिका-१६ मा श्यामकृष्ण श्रेष्ठ, काठमाडौँको कीर्तिपुर नगरपालिका-१ मा सुरेन्द्र उप्रेती, काठमाडौँको कीर्तिपुर नगरपालिका-४ मा विजश बस्नेत र मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१२, प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाएको छ । 

यसैगरी गुल्मीको मुसीकोट नगरपालिका-१ मा ईश्वरी खाती, रोल्पाको रुन्टीगढी गाउँपालिका-४ मा पहलबहादुर वली, कपिलवस्तुको शुद्धोदन गाउँपालिका-१ मा इम्तियाज अहमद र कालीकोटको तिलागुफा नगरपालिका-४ जुद्धबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।