९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकैदिन ८३ जना शिक्षक-शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान

अ+ अ-

भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरले आज एकैदिन ८३ जना शिक्षक-शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान गरेको छ ।

आज नेशनल प्याब्सन भक्तपुरको डोलेश्वरमा आयोजित नवौँ वार्षिक साधारण सभामा संस्थामा आबद्ध जिल्लाका विभिन्न विद्यालयमा विगत १० वर्षदेखि अनवरत रूपमा सेवा गरेका शिक्षक-शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान गरेको हो । 

साधारण सभाको उद्घाटन सत्रमा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले ८३ जना शिक्षक-शिक्षिकालाई दोसल्ला ओढाएर दीर्घसेवा सम्मान वितरण गरे । कार्यक्रममा मन्त्री थापाले शिक्षासँग स्वास्थ्यलाई पनि जोडेर लैजानुपर्नेमा जोड दिँदै शिक्षक तथा विद्यार्थीलाई स्वस्थ राख्न विद्यालयले स्वास्थ्य शिविरलगायत कार्यक्रम विद्यालयमै गर्नुपर्ने औँल्याए ।

उनले भने, “प्रत्येक विद्यालयले वर्षमा कम्तीमा पनि एउटा स्वास्थ्य शिविरको आयोजना गर्नुस्, विद्यार्थीलाई स्वस्थ राख्नुस्, त्यसका लागि प्राविधिक सहयोग हामी गर्छौँ, भक्तपुर अस्पताल, सूर्यविनायक नगर अस्पतालबाट सेवा प्रवाह गर्छौँ, प्रत्येक विद्यालयमा यो अभियान चलाउनुस् ।”

अब भक्तपुरका जनताले सस्तो र सहज रूपमा सिटिस्क्यान सेवा पाउने उल्लेख गर्दै उनले प्रदेश सरकारले रु. १९ करोडको लागतमा सिटीस्क्यान मेसिन भक्तपुर अस्पतालमा जडान गर्न बोलपत्र आह्वान गरिसकेको उनले बताए । भक्तपुर अस्पतालमा सिटिस्क्यान मेसिन राख्न ठाउँ अभाव भइरहेको अवस्थामा भक्तपुर नगरपालिकाले अस्पतालले एक सय वर्ष अगाडिदेखि भोगचलन गर्दै आएको जमिनमा सटर हाल्ने योजना अगाडि बढाएको बताए । 

भक्तपुरका जनताले सेवा पाउने विषयमा भक्तपुर नगरपालिकाले सहयोग गर्नुपर्नेमा उल्टै पूर्वाधार भत्काएर आफ्नै संचरना बनाउन खोजेको भन्दै उनले जनताप्रति स्थानीय सरकार उत्तरदायी हुनुपर्नेमा जोड दिए । उनले भक्तपुर नगरपलिकाद्वारा सञ्चालित ख्वपः अस्पताललाई पनि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले सिटिस्क्यान मेसिन राख्न बजेटको व्यवस्था गरेको बताए ।

कार्यक्रममा एन प्याब्सन केन्द्रीय समितिका सहकोषाध्यक्ष विक्रम धुकुछु, केन्द्रीय पदाधिकारी जिबी खड्कालगायतले शिक्षालाई गुणस्तरीय बनाउन शिक्षक शिक्षिकाको भूमिका महत्त्वपूर्ण हुने भएकाले सम्मानले प्रेरणा प्रदान गर्ने बताए । 

नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष एवं कार्यक्रम सभापति सञ्जय खड्काले एउटै विद्यालयमा १० वर्षसम्म सेवा गर्ने शिक्षक शिक्षिकालाई यस वर्षदेखि सुरु भएको सम्मान अब हरेक वर्ष सञ्चालन गर्ने बताए ।

उनले नेशनल प्याब्सन भक्तपुरकै नेतृत्वमा निजी क्षेत्रको सहयोगमा यस संस्थाअन्तर्गत रहेका विद्यालयका शिक्षक शिक्षिकादेखि विद्यार्थीसम्मलाई रु. एक लाखको निःशुल्क दुर्घटना बीमाको व्यवस्था गरेको बताए ।

प्रतिक्रिया दिनुहोस