६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति सुरक्षा र सुशासन प्राथमिकता, प्रभावकारी सेवा प्रवाहका लागि सहकार्य अपरिहार्य : प्रजिअ जोशी

अ+ अ-

डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मोहनराज जोशीले जिल्लामा शान्ति सुरक्षा, सुशासन र गुणस्तरीय सेवा प्रवाहलाई आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन्। उनले यी लक्ष्यहरू हासिल गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको स्पष्ट पारेका छन्।

जिल्ला प्रशासन कार्यालयले आइतबार आयोजना गरेको सञ्चारकर्मीहरू सँगको समन्वय तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रजिअ जोशीले प्रशासनलाई जनमुखी बनाउँदै सेवा प्रवाहमा जबाफदेहिता र पारदर्शिता कायम गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘प्रभावकारी सेवा प्रवाहका लागि नागरिक समाज, सञ्चारकर्मी, स्थानीय सरकार र राजनीतिक दलहरूसँगको सहकार्य अत्यन्त आवश्यक छ।’

कार्यक्रममा सञ्चारकर्मीहरूले जिल्लामा देखिएका विभिन्न समस्याहरू प्रस्तुत गरेका थिए। उनीहरूले अव्यवस्थित मदिरा बिक्री र सेवन, जुवा तास नियन्त्रण, राजमार्गमा हुने ओभरलोड रोकथाम, मुख्य व्यापारिक केन्द्रहरूको पार्किङ व्यवस्थापन, प्रहरीको नियमित उपस्थिति, बजार अनुगमन, सामाजिक सञ्जालको दुरुपयोग रोकथाम र लागू पदार्थ नियन्त्रणका विषयमा विशेष ध्यान दिनुपर्ने कुरा उठाएका थिए।

प्रजिअ जोशीले सञ्चारकर्मीहरूले उठाएका विषयहरूलाई प्रशासनको प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। साथै, सूचना प्रवाहलाई सहज बनाउन मासिक रूपमा आयोजना हुने सूचना अधिकारीहरूको बैठकमा सञ्चारकर्मीहरूको सहभागिता सुनिश्चित गरिने जानकारी दिए।

उनले जिल्लाका जटिल समस्याहरू समाधान गर्न प्रशासनले सबै पक्षसँग सहकार्य गर्दै कुनै पनि कसर बाँकी नराख्ने बताए। ‘प्रत्येक विषयमा सबै पक्षको साझा प्रयासले मात्र प्रभावकारी परिणाम हासिल गर्न सकिन्छ,’ उनले भने।

कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय सञ्चार माध्यमका प्रतिनिधिहरू र अन्य सरोकारवालाहरूको उपस्थिति थियो। सहभागीहरूले डोटीमा सुशासन र शान्ति सुरक्षाका लागि प्रजिअ जोशीको नेतृत्वमा प्रशासनले प्रभावकारी काम गर्ने अपेक्षा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस