काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली काठमाडौँ गुर्खाजले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ । आइतबार होटेल याक एन्ड यतिमा भएको भव्य कार्यक्रमका बीच काठमाडौँ गुर्खाजको जर्सी र टिभिसी सार्वजनिक गरिएको हो ।
काठमाडौँ स्पोर्ट्स डेभलपमेण्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजकी को-फाउन्डर श्रृंखला खतिवडा र क्रिकेट एमबासडर इन्दु बर्माको उपस्थितिमा करण केसीले जर्सी सार्वजनिक गरेका हुन् ।
काठमाडौँको जर्सीमा मुख्य रङ कालो रहेको छ भने त्यसमा पहेँलो स्याडो प्रयोग भएको छ । जर्सी नम्बर सेतो रङको छ । कार्यक्रममा खेलाडीहरूलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो भने कार्यक्रममा कलाकारहरूबाट सांस्कृतिक प्रस्तुति पनि दिइएको थियो ।