काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार विधायन, व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
यस्तै, बिहान साढे ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदाउपर छलफल हुनेछ ।
बुधबारकै लागि बोलाइएको अर्थ समितिको बैठक स्थगित गरिएको छ। बैठकमा समितिमा प्राप्त विधेयकको प्राथमिकता र कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची तय भएको थियो ।







