२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छिमेकी राष्ट्रबाट ऋण लिनु गलत हो ? भन्दै बीआरआई लक्षित शंकर पोखरेलले उठाए प्रश्न

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले छिमेकी राष्ट्रबाट ऋण लिन सकिने बताएका छन् ।

चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता कार्यान्वयन गर्ने सन्दर्भमा सत्तारुढ दलहरूभित्र छलफल चलिरहेका बेला एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले लेखेका छन्, ‘नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरूबाट सहुलियतपूर्ण ऋण सहायता लिनु के गलत हो ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले १७ देखि २० मंसिरसम्म चीनको औपचारिक भ्रमण गर्दैछन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआई अन्तर्गतका परियोजना अनुदानमा मात्रै लिने कि ऋणमा समेत लिने गरी कार्यान्वयन सम्झौता गर्ने भन्न विषयमा सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसका बीचमा फरक मत रहँदै आएको छ ।

काँग्रेसले अनुदानमा मात्रै परियोजना लिन सकिने मत राख्दै आएका छ भने एमालेले सहुलियतपूर्ण ऋण लिने गरी सम्झौता गर्नुपर्ने मत राखेको छ । दुई दल आ–आफ्नो अडानका बीचमा पनि अगाडि बढ्ने बाटो खोजिरहेका छन् ।

यही समयमा एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालबाट छिमेकी राष्ट्रबाट ऋण लिन सकिने बताएका हुन् ।

एमाले महासचिव पोखरेलले चीनसँगको व्यापार र पारवहन सम्झौताको पनि बचाउ गरेका छन् । उनले लेखेका छन्, ‘नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा बदल्नका लागि उत्तरी छिमेकी चीनसँग व्यापार र पारवहन सम्झौता गर्नु गलत हो ?’

जागरण सभा अगाडि यसलाई समेत जोडेर एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमा विभिन्न ९ वटा प्रश्न पोष्ट गरेका हुन् ।

१. नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार किन र कसको प्रायोजनमा भइरहेको छ ?

२. के नेकपा(एमाले)ले स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ?

३. नेपालको विकास र समृद्धिका लागि मेघा परियोजनाहरू अघि बढाउनु, सुरुङ, रेल र पानी जहाजको योजना अघिसार्नु गलत हो ?

४. नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरूबाट सहुलियतपूर्ण ऋण सहायता लिनु के गलत हो ?

५. नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा बदल्नका लागि उत्तरी छिमेकी चीनसँग व्यापार र पारवहन सम्झौता गर्नु गलत हो ?

६. के भारतको कलकत्ता पोर्टको विकल्पका रूपमा भारतबाट थप बन्दरगाह प्रयोगको अधिकार सुनिश्चित गर्नु गलत हो ?

७. के नेपालले भैरहवा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि भारतसँग अनुकूल एअररुटको माग गर्नु गलत हो ?

८. के नेपालले आफूलाई स्वाधीन राष्ट्रका रूपमा समनताका आधारमा व्यवहारको माग गर्नु गलत हो ?

९. के राष्ट्रको विकास र समृद्धिका लागि सहुलियतपूर्ण ऋण सहायता परिचालन गर्नु गलत हो ?

विभिन्न ९ वटा प्रश्न गर्दै महासचिव पोखरेलले प्रश्न जायज लागे साथ दिन आग्रह गरेका छन् ।