काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि अन्तर्वार्ता सुरू भएको छ । आइतबार बिहान सिंहदरवारमा उम्मेदवारहरूको अन्तर्वार्ता सुरु भएको हो ।
‘सर्टलिस्ट’मा परेका तीनजनासँग पुनः अन्तर्वार्ता लिन लागिएको हो । ‘सर्टलिस्ट’मा नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीको नाम समावेश रहेका छन् ।







