काठमाडौँ । एमालेले शुक्रबार काठमाडौँमा आयोजना गरेको जागरण सभाका क्रममा दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले जरिवाना असुल्ने प्रयास जारी राखेको छ ।
आज महानगरको एक टोली एमाले पार्टी कार्यालयमा नै पुगेर पत्र दिन खोजे पनि एमालेले दर्ता नगरेको बताएको छ ।
यसअघि दिएको पत्रमा एमालेले ‘रेस्पोन्स’ नगरेपछि बालेनले अर्को पत्र दिएर पठाएका हुन् । एमाले कार्यालयमा नगर प्रहरी सचिव महानगरका कर्मचारी पुगेका थिए । कार्यालयका कर्मचारीले यो विषय आफूहरूसँग असम्बन्धित भन्दै फर्काइदिएको जनाइएको छ ।