१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र मन्त्री राणाको जापान भ्रमण स्थगित, मंसिर १३ गते बेइजिङ जाने तयारी

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा मंसिर १३ गते (नोभेम्बर २८) चीन जाने तयारीमा छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने औपचारिक चीन भ्रमणको तयारीका लागि उनी बेइजिङ जान लागेकी हुन् । परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार परराष्ट्र मन्त्रीले प्रधानमन्त्रीको भ्रमणअघि चीनका समकक्षी वाङ यी र अन्य उच्च अधिकारीहरूसँग द्विपक्षीय छलफल गर्नेछिन् । 

यसअघि स्वास्थ्य परीक्षणका लागि जापान गएर त्यहाँबाट सिधै बेइजिङ जाने योजना भए पनि डाक्टरको समय नमिलेपछि मन्त्री राणाले जापान भ्रमण स्थगित भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

प्रधानमन्त्रीको चीन भ्रमणका लागि सरकार आन्तरिक तयारीमा जुटेको छ। परराष्ट्र मन्त्रीले प्रधानमन्त्रीको भ्रमणमा उठाइने द्विपक्षीय विषयहरूबारे चिनियाँ उच्च अधिकारीहरूसँग छलफल गर्नुका साथै सम्झौता प्रस्ताव र अन्य तयारीहरू गर्न बेइजिङ जाने कार्यक्रम छ।

यसअघि, राष्ट्रसंघीय महासभामा भाग लिन न्युयोर्क गएका बेला प्रधानमन्त्री ओली र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भेट भएको थियो। भेटमा विदेश मन्त्री यीले डिसेम्बरको पहिलो साता प्रधानमन्त्रीको चीन भ्रमण सुनिश्चित गर्न अन्य कार्यक्रम नराख्न सुझाव दिएका थिए।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले तिहारअघि नै प्रधानमन्त्री ओलीलाई चीन भ्रमणबारे राष्ट्रपति सी जिनपिङको औपचारिक निमन्त्रणा पत्र दिएका थिए। राजदूत सोङले प्रधानमन्त्री ओलीलाई बधाई दिनको लागि असार ३० गते भेट गरेका थिए। सो भेटमा अनौपचारिक रूपमा प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल भएको थियो।

प्रधानमन्त्री ओलीले गत असार ३० गते पदभार ग्रहणसँगै नेपालको विदेश नीति र छिमेकीहरूसँगको सम्बन्ध सुदृढ बनाउने विषय विशेष प्राथमिकतामा राख्दै आएका छन् । यसै सिलसिलामा उनको आसन्न चीन भ्रमणलाई कूटनीतिक रूपमा महत्त्वपूर्ण रूपमा हेरिएको छ । 

प्रतिक्रिया दिनुहोस