८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गैरकानुनी रूपमा नेपाल प्रवेश गर्ने दुई जना चिनियाँ नागरिक पक्राउ

अ+ अ-

काठमाडौँ । गैरकानुनी रूपमा भारतबाट नेपाल प्रवेश गर्ने दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीले नेपाल-भारत सीमा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। 

शुद्धोधन गाउँपालिका वडा न. ५ घेराउजोतस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले भारतबाट अवैध ढंगबाट नेपाल प्रवेश गर्दै गर्दा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ  । 

पक्राउ पर्ने चिनियाँ नागरिक ३२ वर्षीय लीगुआनगुई र ३५ वर्षीय ताओ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका २ चिनियाँ नागरिकसँगै रहेका पथ प्रदर्शक भारत सिद्धार्थ नगर जिल्ला कक्रहवा बस्ने २३ वर्षीय भारतीय नागरिक अरबाज शेषलाई समेत प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ परेका २ चिनियाँ नागरिक र पथ प्रदर्शक ३ जनालाई प्रहरीले थप अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन कार्यालय रुपन्देही बेलहिया पठाएको थियो। जसमध्ये पथ प्रदर्शक भारतीय नागरिक अरवाज शेषलाई अध्यागमन कार्यालय बेलहियाले आवश्यक सोधपुछ गरी पुनः थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा फिर्ता पठाएको छ। 

पक्राउ परेका चिनियाँ नागरिक लीगुआनगुई को साथमा चिनियाँ पासपोर्ट रहेको तर अर्का चिनियाँ नागरिक ताओको साथमा भने चिनियाँ पासपोर्ट नरहेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट २ थान ल्यापटप, विभिन्न कम्पनीका ६ थान मोबाइल र नगद भारतीय रुपैयाँ १४ हजार ७ सय ५० फेला परेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस