२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधन सडकको छलफलको विषय होइन : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सबै दलहरूसँग छलफल गरेर मात्रै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताएका छन् ।

विराटनगरमा बुधबार पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले संविधान संशोधनलाई सडकको छलफलको विषय बनाउन नहुने भन्दै काँग्रेस-एमालेले साझा धारणा बनाएर अरु दलसँग पनि छलफल गरे अघि बढ्नुपर्ने बताएका हुन् ।

दुई दलबीच मिलेसम्मको साझा धारणा बनाएपछि संविधान निर्माणमा संलग्न भएका माओवादी, मधेशवादी सबै दलहरूसँग सौहार्दपूर्ण वातावरणमा छलफल गर्ने उनले बताए ।

‘हामीले आ-आफ्नो दलभित्र गृहकार्यहरू गर्‍यौँ । अब दुइवटा दलको बीचमा मिलेसम्मको साझा धारणा बनाउँछौँ । त्यसपछि अन्य दलहरूसँग छलफल प्रारम्भ गर्छौँ,’ उनले भने, ‘यसलाई सडकको छलफलको विषय बनाउनुभन्दा पहिला संविधान निर्माण गर्ने बेलामा सँगै रहेका दलहरू माओवादी, मधेश केन्द्रित दललगायत सबैसँग एउटा सौहार्दपूर्ण वातावरणमा पहिले छलफल गरौँ । एउटा समझदारी बनाऊ ।’