काठमाडौँ। कीर्तिपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार कृष्णमान डंगोलले आफ्नो मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो परिणाम अनुसार उनले ४ हजार १ सय ८ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरले ३ हजार १ सय ८ मत प्राप्त गरेका छन् ।
कीर्तिपुरका आठ वटा वडाको गणना सकिएको छ । १० वटा वडा रहेको यस नगरपालिकाको अब दुई वटा वडामात्रै गणना गर्न बाँकी रहेका छन् ।
यसअघि आयोगले दिएको विवरणमा काँग्रेसका डंगोल एमाले उम्मेदवार मानन्धरभन्दा ६ सय ५९ मतले अगाडि थिए ।
उक्त मतान्तरलाई बढाउँदै डंगोलले अहिले एक हजार पुर्याएका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा. डा. शिवशरण महर्जनले २ हजार ७ सय ४० मत प्राप्त गरेका छन् ।