काठमाडौँ । प्री-ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १४.७० अंकले बढेर २७७२.७४ विन्दुमा पुगेको हो।
यो समयमा ६४ स्क्रिप्सको १३ हजार ६४८ कित्ता सेयर ७६ लाख ७५ हजार ७६५ रुपैयाँमा कारोबार भएको छ । प्री ओपन सेसनमा ४६ स्टक्सको मूल्य बढ्दा १६ वटाको घटेको छ भने बाँकी २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।