६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाडा र चीनको सीसीपीआईटीबीच समझदारी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमण टोलीमा रहेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले चीनसँग समझदारी गरेको छ ।

भ्रमण टोलीमा रहेका नाडा अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उप्रेती तथा चिनियाँ काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड अटोमोबाइल सब-काउन्सिल (सीसीपीआईटी-अटो) का पदाधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

नाडाले नेपाल-चीन अटोमोबाइल व्यापार र सहकार्य प्रवर्द्धनका लागि समझदारी भएको जनाएको छ । यो सम्झौताले नेपाल र चीनबीच आर्थिक सम्बन्ध सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावना अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने नाडाले जनाएको छ ।

यस्तै व्यापार मेला, व्यावसायिक प्रतिनिधिमण्डल आदान–प्रदान र नीति वकालत जस्ता संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावना खुलाउने लक्ष्य राखिएको नाडाले जनाएको छ ।

‘नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेला आयोजना गर्ने र नेपाली बजारमा रुचि राख्ने चिनियाँ व्यवसायीलाई सहयोग गर्ने छ,’ समझदारीमा छ ।

यस्तै ‘सीसीपीआईटी-अटोले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदान-प्रदानमा सहयोग गर्ने र संयुक्त कार्यक्रम सञ्चालनमा साथ दिने’ समझदारीमा उल्लेख छ ।

यो समझदारी कार्यान्वयन निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिने समेत नाडाले जनाएको छ । जसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपाय लिने छ । समझदारी अनुसार दुवै देशका अटोमोबाइल उद्योगलाई दिगो र समृद्ध बनाउँदै आर्थिक सहकार्यको नयाँ अध्याय सुरु गर्ने दिशामा ठोस कदम रहेको नाडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस