काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को प्रवास समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढी पहिरो पीडितका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
अन्तरमहादेशीय संगठन समितिअन्तर्गत युरोप र अस्ट्रेलिया शाखाले बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रकमको चेक हस्तान्तरण गरेको हो ।
प्रवास प्रदेश कार्यालयका मुख्यसचिव टिबी पाठक, जन प्रगतिशील मञ्च युरोपका कोषाध्यक्ष डोलराज भण्डारी र जन प्रगतिशील मञ्च अस्ट्रेलियाका अध्यक्ष दीपक पाण्डेले चेक हस्तान्तरण गरेका हुन् ।
चेक ग्रहण गर्दै अध्यक्ष दाहालले विपतपछि उद्धार, राहत र पुनः स्थापनाको काममा आफ्नो पार्टीले सक्दो पहलकदमी गरेको बताए । अध्यक्ष दाहालले लाखौँ युवा प्रवासमा रहेकाले उनीहरूलाई संगठित गर्दै देशभित्रै फर्केर केही गर्न सक्ने वातावरणको सिर्जना गर्न पार्टीको प्रवास समिति लाग्नुपर्ने बताए ।