१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले तीन नेतालाई तोक्यो सात प्रदेशको जिम्मेवारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका क्रियाशील सदस्यता प्रदेशगत अवस्था बुझ्न तीन नेतालाई सात प्रदेशको जिम्मेवारी दिइएको छ ।

सदस्यता व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले सात प्रदेशका लागि केन्द्रीय सदस्यहरू सीता गुरुङ, प्रकाश स्नेही रसाइली र योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको हो ।

बागमती र गण्डकीका लागि गुरुङ, मधेश र र लुम्बिनी रसाइली र कोशी कर्णाली र सुदूरपश्चिमका लागि चौधरीलाई खटाइएको छ । जिम्मेवारी पाएका नेताले सदस्यता वितरणको समस्या पहिल्याउने छन् ।

नयाँ र नवीकरणको फर्म उपल्लो तहले तल नपाउने प्रवृत्ति रहेकाले त्यसलाई हटाउने गरी छलफल भएको केन्द्रीय सदस्य रसाइलीले जानकारी गराए । जिल्ला वा प्रदेश सभापतिले सदस्यताका फर्महरू तल नपठाएर नयाँ र नवीकरणको काम रोकिएको भेटिएको अवस्था केन्द्रले हस्तक्षेप गर्ने रसाइलीले बताए । पार्टीभित्रको गुटका कारणले सदस्यता वितरण र नवीकरण रोकिएको भए केन्द्रले नै सिधै तल पठाउने नीति लिने रसाइलीले जानकारी गराए ।

महामन्त्री गगन थापाको नेतृत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति बनेको छ । कात्तिकमा गठन भएको समितिको यस विचमा दुई पटक बैठक बसेको छ । समितिले क्रियाशील सदस्यताको विवाद र समस्या मुख्य गरी मधेसमा रहेको जनाएको छ ।

काँग्रेसको विधान अनुसार महाधिवेशन हुने वर्ष नयाँ सदस्यता वितरण र नवीकरण गर्न नपाउने व्यवस्था छ । १४ औँ महाधिवेशनमा काँग्रेसका आठ लाख ५२ हजार ७१२ जना क्रियाशील सदस्य थिए ।