काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले कर्णालीका जिल्लाहरूका गैरस्थलगत अध्ययनबाट वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार पारेको हो ।
उक्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ उत्पादन उत्पादकको मूल्यमा ३.८७ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ । आधारभूत मूल्यमा ३.५४ प्रतिशतले वृद्धि भएको अनुमान छ ।
त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ उत्पादन उत्पादकको मूल्यमा १.९५ प्रतिशत र आधारभूत मूल्यमा २.३१ प्रतिशतले वृद्धि भएको संशोधित अनुमान रहेको छ ।