काठमाडौँ । चालू महिना पुसदेखि आगामी चैतसम्म नेपाल विद्युत् प्राधिकरणमा कार्यरत करिब ७८ जना कर्मचारी अनिवार्य अवकाशमा जाने भएका छन् ।
प्राधिकरणका अनुसार चालू महिना पुसमा नवौँ तहका उपप्रबन्धकदेखि तह एक जुनियर हेल्परसम्म गरेर २५ जना अनिवार्य अवकाशमा जाने भएका छन् । जसमा नवौँ तहका उपप्रबन्धक एक जना, आठौँ तहका सहायक निर्देशक एक जना तथा सातौँ तहका इन्जिनियर २ जना रहेका छन् । बाँकी त्यो भन्दा तल्लो तहका कर्मचारी छन् ।
आगामी माघमा १२ औँ तहको उपकार्यकारी निर्देशकदेखि तह एक कार्यालय सहयोगीसम्म २० जना कर्मचारी अनिवार्य अवकाशमा जाने भएका छन् । जसमा १२ औँ तहका उपकार्यकारी निर्देशक मात्रै ३ जना रहेका छन् भने सातौँ तहका प्रशासकीय अधिकृत एक जना रहेका छन् । बाँकी त्यो भन्दा तल्लो तहका कर्मचारी छन् ।
आगामी फागुन महिनामा सातौँ तहका इन्जिनियरदेखि तह २ हेल्परसम्म गरेर १२ जना कर्मचारी अनिवार्य अवकाशमा जादैँछन् । जसमा सातौँ तहका इन्जिनियर एक जना र छैटौँ तहका सहायक प्रशासकीय अधिकृत २ जना रहेका छन् । बाँकी त्यो भन्दा तल्लो तहका कर्मचारी छन् ।
आगामी चैत महिनामा नवौँ तहका उपप्रबन्धकदेखि तह एक जुनियर हेल्परसम्म गरेर २१ जना कर्मचारी अनिवार्य अवकाशमा जादैँछन् । जसमा नवौँ तहका उपप्रबन्धक एक जना, सातौँ तहका इन्जिनियर एक जना र छैटौँ तहका सहायक प्रशासकीय अधिकृत १ र छैटौँ तहकै सहायक लेखा अधिकृत एक जना रहेका छन् ।
हेर्नुहोस् सूची :