काठमाडौँ। सशस्त्र प्रहरीमा चार जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरू आजबाट अवकाशमा जाँदै छन् । जागिरको अवधि आज रातिबाट सकिने भएपछि उनीहरू पदावधिका कारण अवकाश जान लागेका हुन्।
सरकारले कानुन अनुसार एक वर्ष म्याद थप नगर्दा उनीहरू अवकाशमा जान लागेका हुन्। डिआइजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी अनिवार्य अवकाशमा जान लागेका हुन्।