काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने हल्ला अफवाह मात्र भएको बताएका छन् ।
राष्ट्रपति कार्यालयबाट जारी भएका अध्यादेशहरूको औचित्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले कसैको पार्टी फुटाउने आफूमा सोख नभएको बताए ।
‘हामीलाई अरूको पार्टी फुटाउने के को सोख । न जोड्ने सोख र न फुटाउने सोख’, प्रधानमन्त्री ओलीले भने ।
तर विगतमा अध्यादेश ल्याएर पार्टी फुटाएकाहरूमा त्यस्तो भ्रम परेको प्रधानमन्त्रीले बताए । आफूलाई भने कसैको पार्टी फुटाउने सोख नरहेको प्रस्टोक्ति दिए ।