कैलाली । धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिकाa-५ बस्ने ३१ वर्षीय निरज धामी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो । उनलाई कारवाही तथा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।