काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ७.३३ अंकले घटेको छ । बुधबार २५८५.८६ अंकमा बन्द भएको बजार बिहीबार २५८८.६२ अंकमा झरेको हो ।
बुधबार जस्तै बिहीबार पनि फाइनान्स उपसूचकमा ठूलो गिरावट आएको छ । यसका साथै बैंक, विकास बैंक, होटेल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, जीवन तथा निर्जीवन बीमा लगायत क्षेत्र रातो बनेपछि सेयर बजारमा गिरावट आएको हो ।
साताको अन्तिम कारोबार दिन जलविद्युत् ३, प्रशोधन उद्योग, म्युचुअल फन्ड र व्यापार उपसूचक मात्रै सीमान्त रूपमा बढेका छन् ।