११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छ महिनामा एक लाख बढी पर्यटकले गरे चितवन राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण 

अ+ अ-

चितवन । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन्दा बढी आन्तरिक पर्यटक रहेका छन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार साउनयता निकुञ्जमा ५३ हजार एक सय तीन नेपालीले भ्रमण गरेका छन् । दक्षिण एसियाली मुलुकका १० हजार आठ सय ५० र तेस्रो मुलुकका ४६ हजार तीन सय ९२ जनाले निकुञ्जको भ्रमण गरेका छन् । पर्यटकबाट रु १३ करोड एक लाख ४६ हजार राजस्व संकलन भएको उनले बताए ।

निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा, पाटे बाघ, गोहीलगायत वन्यजन्तु, जलचर र चराचुरुंगी हेर्न पर्यटक आउने गरेका छन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्ती, डुंगा, जिप र पैदल यात्रा गरेर पर्यटक रमाउने गर्दछन् । चितवनको मुख्य आकर्षण नै चितवन राष्ट्रिय निकुञ्ज हो ।

यसैबीच, निकुञ्जमा एउटा पोथी गैँडा मृतावस्थामा भेटिएको छ । बिहीबार निकुञ्जको ध्रुव पोस्ट नजिक ताप्लेतालमा अन्दाजी ३० वर्षको पोथी गैँडा मृत भेटिएको हो । उक्त गैँडा प्राकृतिक कारण मरेको आशंका गरिएको छ । मृत भेटिएको गैँडाको खाग खुर सुरक्षित छ । 

चालु आर्थिक वर्षको पुस मसान्तसम्म १३ गैँडा मृत भेटिएका छन् । जसमध्ये पाँच भाले, पाँच पोथी र लिंग पहिचान नभएका तीन रहेका छन् । मृत भेटिएकामध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने अन्य सबै प्राकृतिक कारणले मरेका हुन् ।

प्रतिक्रिया दिनुहोस