काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१७ हाँडी गाउँ बस्ने २७ वर्षीय अभिनाश प्रधानलाई रहेका छन् ।
प्रधानले पीडित युवतीसँग फेसबुकमा साथी बनी प्रेम सम्बन्ध भएको र सम्बन्ध बिग्रिए पश्चात् पीडितको अनुहारमा नग्न महिलाको तस्बिर जोडी अपशब्द लेखि गालीगलौज गरी पीडितको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको उजुरी परेपछि उनलाई साइबर ब्युरोबाट खटिएको प्रहरीले बिहिबार पक्राउ गरेको हो ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।