२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नयाँ राजनीतिक शक्तिहरूबीच ध्रुवीकरण आवश्यक छ’

अ+ अ-

ललितपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का नेताहरूले नयाँ राजनीतिक शक्तिहरूबीच ध्रुवीकरणको आवश्यकता औँल्याएका छन् ।

उक्त पार्टीको ललितपुर महानगर भेलामा आज नेताहरूले समाज परिवर्तनका लागि भनेर स्थापना भएका नयाँ राजनीतिक शक्तिहरू साझा उद्देश्य पूर्तिका लागि एक ठाउँमा आउनुपर्ने आवश्यकता औँल्याएका हुन् । मात्र पार्टीका केन्द्रीय सचिवालय सदस्य दुर्गा शोबले समाजमा रहेको यथास्थितिवादी सोचलाई परिवर्तन गर्दै आधुनिक र समुन्नत समाज निर्माणका काम गर्नुपर्नेमा जोड दिइन् । यसमा जनप्रतिनिधिको भूमिका अझ बढी रहेको उनको भनाइ थियो । “जुन पार्टीबाट जितेको भए पनि जनताको प्रतिनिधि हो, उनीहरूले सबैका लागि काम गर्नुपर्छ । हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूले गलत कुराको विरोध र खबरदारी गर्नुपर्छ”, शोबले भनिन् ।

केन्द्रीय संगठन विभाग प्रमुख सोनामसिं स्याङ्तानले वैकल्पिक राजनीतिक शक्तिहरूबीच समन्वय र एकताका आधारमा शक्ति सन्तुलन कायम गर्नुपर्नेमा जोड दिइन् । केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य दलबहादुर (डिबी) लिम्बूले समाजवाद उन्मुख समृद्धिको अभियानका लागि राजनीतिक अभियान अगाडि बढाउनुपर्ने बताए । 

केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य अमृत पुरीले विचारलाई संश्लेषण गरेर जनतामा पुर्‍याउन र वैकल्पिक राजनीतिक शक्तिलाई संस्थागत गर्न समूहगत रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य जनक थापा, जिल्ला समन्वय समितिका संयोजक कृष्ण महर्जन, मजदुर संगठनका इन्चार्ज तथा गोदावरी नगरपालिकाका संयोजक कृष्णमुरारी ढकाललगायतले सम्बोधन गरेका थिए ।

भेलाले मदन महर्जनको संयोजकत्वमा ३५ सदस्यीय महानगर समिति गठन गरेको छ ।