२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री पौडेलको दाबी : अर्थतन्त्रका समस्या किस्ता-किस्तामा समाधान गरिरहेका छौँ 

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रमा देखिएका समस्यालाई किस्ता-किस्तामा समाधान गरिरहेको दाबी गरेका छन्।

नेपाल चार्टर्स एकाउन्टेन्ट्स संस्था (आइकन)को २८औँ वार्षिकोत्सव समारोह बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। 

उनले अर्थतन्त्रलाई चलायमान बनाउँदै मुलुकमा लगानी, उत्पादन, रोजगारीलाई अभिवृद्धि गर्न र विदेशी लगानी आकर्षित गर्नका निम्ति प्रयास गरिरहेको पनि बताए। 

उनले सरकारले आर्थिक क्रियाकलापलाई डिजिटल प्रविधिमा सम्पूर्ण रूपमा निर्भर रहन सक्ने गरी आत्मासाथ गरे पनि वर्तमान नयाँ टेक्नोलोजीका हिसाबले अगाडि बढ्न भने नसकेको बताए।

उनले कर प्रणालीमा सरकारले चाहेको जस्तो सुधार गर्न अझै नसकेको भन्दै नेपाल चार्टर्स एकाउन्टेन्ट्सहरूलाई सुधारका लागि आवश्यक सहयोग गर्न आग्रह गरे। उनले कुनै पनि व्यवसायीहरूले कर छल्न नसक्ने खालको कानून बनाउन नसकिएको बताए। 

उनले कर प्रणालीमा सुधार गर्ने गरी राजश्वको उच्च वृद्धिका लागि सरकारसँग सहकार्यको माग गर्न आग्रह गरे। उनले सरकारले विदेशी लगानी प्रवर्द्धन र लगानीमैत्री वातावरण बनाउने कोसिस गरिरहेको भन्दै नेपाल चार्टर्स एकाउन्टेन्ट्सले थप भूमिका खेल्न आवश्यक रहेको बताए।

अर्थमन्त्री पौडेलले नेपाल चार्टर्स एकाउन्टेन्ट्सले जस्तो संस्था छ रिर्पोट पनि त्यस्तै दिन आवश्यक रहेको बताए।

उनले नेपालको पुँजीबजारलाई दिगो भरपर्दा र विश्वसनीय ढंगले अगाडि बढाउनका लागि कुनै पनि प्रकारका चिटिङहरूलाई प्रवेश हुन नदिन भूमिका खेल्न नेपाल चार्टर्स एकाउन्टेण्ट्सहरूलाई आग्रह गरेका छन्।