९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

०६४ को माया पचाउन सकिएन, जनतामा फर्कने कसम खाएको छु : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०६४ को निर्वाचनमा जनताले गरेको माया पचाउन नसक्दा पार्टी कमजोर बन्न पुगेको स्वीकार गरेका छन् ।

मंगलबार म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले अब जनता तिरै फर्कने कसम आफूले खाएको पनि दाबी गरे ।

‘हामी माओवादीहरूलाई पहिलो चोटि जनताले अपार विश्वास गरेकै हो । काँग्रेस र एमाले त कता हो कता तल पारिदिएकै हो । हामीलाई तपाईँहरूले गरेको माया पनि पचेन । पचाउन सकिएन । हामीले भुइँ छाड्न थालियो,’ प्रचण्डले सम्बोधनको क्रममा भने ।

साथै, उनले सम्पूर्ण तागत जनताकै भएकाले आफू कसम खाएरै जनताको दैलोमा फर्किएको दाबी गरे ।

‘आखिर हाम्रो तागत जनताको तागत नै हो । हामी हिजो जंगलमा थिएनौँ । जनताको काखमा थियौँ । अहिले हामी काठमाडौँको जंगलमा भयौँ । त्यहाँ पनि मजदुर र किसान छन् । ती समुदायसँग सम्बन्ध स्थापित गर्ने र जनतातिर फर्कने कसम खाएर म देशभर हिँडिरहेको छु,’ प्रचण्डले भने ।

उनले आफ्नै छोराछोरी सम्झेर माओवादीलाई माफी गरिदिन पनि आग्रह गरेका छन् ।

‘हामीले केही त्रुटि गर्‍यौँ । हामीले जुन वर्ग समुदायका लागि लडाइँ लडेका थियौँ, त्यो समुदायसँग हाम्रो सम्बन्ध कमजोर हुँदै गयो । शंका पैदा हुने वातावरण पैदा हुँदै गयो । त्यसकारण पनि जनतामा एउटा निराशा र असन्तुष्टि बढ्दै गयो,’ प्रचण्डले भनेका छन्, ‘अब एकचोटी गल्ती सच्याउने, आफ्नै वर्गतिर फर्कने, फेरि शहिद, अपाङ्ग, दलित, आदिवासी जनजाति, मजदुर किसान, मुस्लिम, थारु, मधेशीको निम्ति फर्कने संकल्प गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस