८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले ल्यायो १५ दिनका लागि विभिन्न प्याकेजहरू

अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो २१औँ वार्षिकोत्सवमा १५ दिनका लागि विभिन्न प्याकेजहरू ल्याएको छ ।

टेलिकमले माघ २२ गतेदेखि फागुन ८ गतेसम्‍म १५ दिनका लागि विभिन्न प्याकेज ल्याएको टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले बताइन् ।

उनका अनुसार एनटीसीका ग्राहकले ५९ रुपैयाँमै १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डेटा र १२० मिनेटको भ्वाइस प्याकेज पाउनेछन् ।

यस्तै ग्राहकले ४९९ रुपैयाँमा एक महिनाका लागि अनलिमिटेड अलनेट भ्वाइसकल गर्न सक्नेछन् । त्यस्तै ५९९ रुपैयाँमा एक महिना भरी अनलिमिटेड डेटा प्याक चलाउन पाउने सुविधा दिएको छ ।

यस्तै ७९९ रुपैयाँमा अनलिमिटेड प्रिमियम डेटा प्याक एक महिनाका लागि ग्राहकले सुविधा पाउनेछन् । साथै सोही रकम (९७७रुपैयाँ) तिरेर नेपाल टेलिकमको फेस्टिभ कम्बो प्याक पनि लिक सक्नेछन् । यसैगरी टेलिकमले माघ २२ गतेदेखि फागुन २१ गतेसम्म लागु हुने गरी नयाँ तथा पुराना ग्राहकका लागि एफटीटीएच मार्फत ५०/७५/१००/१५० तथा २ सय एमबीपीएसको वार्षिक प्याकेज लिएर आएको छ। यो प्याकेज खरिद गर्दा ग्राहकले १ महिनाको थप सेवा पाउने टेलिकमले जनाएको छ ।

साथै दुई वर्षको समयावधिको एफटीटीएच प्याकेज किनेमा ग्राहकले १५ प्रतिशत छुटसमेत पाउनेछन् । यसैगरी टेलिकमले सामाजिक सञ्जाल टिकटक प्याकेज पनि लिएर आएको छ । दैनिक टिकटक चलाउने ग्राहकलाई टेलिकमले ४८ रुपैयाँमै ५ एमबीपीएस स्पीड क्षमताको २० जीवी डेटा र थ्रोटल १ एमबीपीएस उपलब्ध गराउने सुविधा दिएको छ ।

यस्तै हप्तादिनसम्म टिकटक चलाउने ग्राहकलाई भने १७० रुपैयाँमा दैनिक २० जीवी डेटा र ५ एमबीपीएसको, थ्रोटल २ एमबीपीएसको प्याकेज प्रदान गर्ने नेपाल टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस