१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिमकोट बजार अनुगमन: म्याद गुज्रेका सामग्री बरामद

अ+ अ-

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट बजार सोमबार अनुगमन गरिएको छ । यहाँ सञ्चालित मासु, दैनिक उपभोग्य खुद्रालगायत सामग्रीको अनुगमन गरी म्याद गुज्रेका सामग्री बरामद गरिएको हो ।

बजार अनुगमनका क्रममा विभिन्न पसलबाट रु. १५ हजार मूल्य बराबरको म्याद गुज्रेका सामग्री बरामद गरी नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीबहादुर विष्टले जानकारी दिनुभयो । सडेका मासु, दैनिक उपभोग सामग्रीमा सीमा नाघेका वस्तु, पेय पदार्थ र पत्रु खाना बरामद गरी नष्ट गरिएको उनले बताए । 

सदरमुकाम क्षेत्रका ११ वटा पसलमा अनुगमन गर्दा उपभोक्तालाई सामान बिक्रीको बिल नदिने गरेको पाइएकाले सचेत गराइएको विष्टको भनाइ छ । जिल्लाभरका स्थानीय व्यापारीले सामग्री बिक्री गरिसकेपछि उपभोक्तालाई अनिवार्य बिल दिने व्यवस्था गर्नुपर्नेमा सचेत बनाए उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिइएको उनले उल्लेख गरे।

“तरकारी, मासु, मदिरा, चुरोट, भाँडादेखि लत्ताकपडा सबै एउटै पसलबाट बिक्री गर्दै आएका पायौँ । उपभोक्ताले स्वस्थ खानेकुरा उपभोग गर्न पाउने अधिकार भए पनि यहाँका कतिपय व्यवसायीले नियम विपरीत व्यापार गरिरहेका छन्”, उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख विष्टले भने, “अधिकांश व्यवसायीले मूल्य सूची नटाँसिएको, लेखापरीक्षण नगरेको, कर चुक्ता नभएको, पुँजी कम देखाएर कारोबार गरेको पाइयो । सबैलाई नियमानुसार व्यवसाय सञ्चालनका लागि निर्देशन दिएका छौँ । निर्देशन कार्यान्वयन भएरनभएको बारे आगामी दिनमा पुनः अनुगमन गरी कडाइ गर्नेछौँ ।”

अनुगमनमा जिल्ला प्रशासन, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, उद्योग वाणिज्य संघ, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायतको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस