११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा आयोगद्वारा राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) पदमा बढुवाका लागि दरखास्त आह्वान

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले निजामती सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) पदमा बढुवाका लागि दरखास्त आह्वान गरेको छ। आयोगले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा पदपूर्ति गर्ने निर्णय गर्दै इच्छुक उम्मेदवारहरूलाई मिति २०८१ फागुन ५ भित्र दरखास्त दिन आग्रह गरेको छ।

निजामती सेवा ऐन, २०४९ (चौथो संशोधन) तथा कर्मचारी समायोजन ऐन, २०७५ को प्रावधानअनुसार बढुवाका लागि उम्मेदवारहरूको छनोट गरिनेछ। उम्मेदवारहरूले आयोगको आधिकारिक वेबसाइटबाट दरखास्त फारम डाउनलोड गरी सम्बन्धित बढुवा समितिको सचिवालयमा बुझाउनु पर्नेछ।

बढुवाका लागि उम्मेदवारले निजामती सेवा ऐनअनुसार तोकिएको न्यूनतम सेवा अवधि पूरा गरेको हुनुपर्नेछ। साथै, सम्बन्धित सेवा, समूह वा उपसमूहसँग सम्बन्धित विषयमा कम्तीमा एसएलसी वा सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ।

निजामती सेवा ऐन र नियमावलीअनुसार उम्मेदवार बढुवाका लागि अयोग्य नभएको हुनुपर्नेछ। बढुवाका लागि उम्मेदवारको कार्यसम्पादन मूल्याङ्कन असार मसान्तसम्म को आधारमा गणना गरिनेछ।

बढुवाका लागि दरखास्त दिने उम्मेदवारले निजामती कितावखानाबाट प्राप्त संकेत नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। साथै, समकक्षता निर्धारण गर्नुपर्ने शैक्षिक योग्यताको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

दरखास्त फारम भर्दा सम्पूर्ण विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। दरखास्त दस्तुर रु. ७०० तोकिएको छ । लोक सेवा आयोगले सम्बन्धित बढुवा समितिहरूलाई यसै सूचनालाई आधार मानी बढुवा प्रक्रियासम्बन्धी आवश्यक कारबाही अघि बढाउन आग्रह गरेको छ।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस