काठमाडौँ । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा शपथ ग्रहण गरेका छन् ।
उनले बिहीबार प्रधान न्यायाधीश प्रकाशमान सिंहसमक्ष शपथ लिएका हुन् । सर्वोच्च अदालतमा बिहीबार आयोजित कार्यक्रममा उनले शपथ लिएको राष्ट्र बैंकले जनाएको छ ।
अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंक सञ्चालक समिति सदस्य रहने प्रावधान छ । उपाध्यायलाई सरकारले हालै अर्थ सचिवको जिम्मेवारी दिएको हो ।
सम्बन्धित समाचार : अर्थसचिव उपाध्यायलाई स्वागतसँगै डा. घिमिरेको बिदाइ
सम्बन्धित समाचार : सरकारले फेर्यो अर्थ सचिव, अख्तियार सचिव उपाध्यायलाई जिम्मेवारी