२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा वडा स्तरमा राष्ट्रिय परिचय पत्र वितरण कार्यमा तीव्रता 

अ+ अ-

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले डोटीमा वडा स्तरमा राष्ट्रिय परिचय पत्र वितरण तथा नयाँ विवरण दर्ता कार्यलाई तीव्रता दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचय पत्र वितरण तथा नयाँ विवरण दर्ता कार्य गर्न जिल्लाको शिखर नगरपालिकाबाट सुरुवात गरेको अभियान, बोगटान फुड्सिल गाउँपालिका हुँदै आइतबार देखि बडीकेदार गाउँपालिकामा सञ्चालन गरेको छ । 

स्थानीय स्तरमा रहेका सेवा ग्राहीहरूलाई जिल्ला जान नपरोस् गाउँघरमै सुविधा होस भन्ने हेतुले राष्ट्रिय परिचय पत्र वितरण तथा ज्येष्ठ नागरिकहरूको नयाँ दर्ता कार्यलाई वडा स्तरमा अभियानको रूपमा सञ्चालन गरेको डोटीका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताए । 

यस अभियानलाई जिल्लाका अन्य स्थानीय तहका सबै वडाहरूमा सञ्चालन गरिने समेत प्रजिअ जोशीले बताए । 

जिल्ला प्रशासन कार्यालयले पालिकासँगको सहकार्यमा वडा स्तरमा राष्ट्रिय परिचय पत्र विवरण गर्दा सेवा ग्राहीलाई सहज भएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले बताए । 

उनले भने, ‘राष्ट्रिय परिचय पत्र लिन स्वयं व्यक्ति उपस्थित हुनुपर्ने त्यसको लागि जिल्ला सदरमुकाम जानुपर्दा एक जनाको कम्तीमा १०,१५ हजार खर्च हुन्छ, ३–४ दिन लाग्छ यसरी गाउँघरमा आएर दिँदा सयौँ नागरिकलाई सहज भएको छ ।’

राष्ट्रिय परिचय पत्र बनेर जिल्ला प्रशासन कार्यालयमा आइपुगेका व्यक्तिहरूका परिचयपत्र घरदैलोमा गएर वितरण गर्नुका साथै परिचय पत्र बनाउन छुटेका ज्येष्ठ नागरिकहरूको नयाँ विवरण दर्ता कार्य गरिने जिल्ला प्रशासन कार्यालय डोटीका राष्ट्रिय परिचय पत्र दर्ता अपरेटर विमल प्रसाद भट्टले बताए । 

राष्ट्रिय परिचय पत्र लिन सम्बन्धित व्यक्तिको कम्प्युटर बाट सफ्टवेयर मार्फत बायोमेष्ट्रीक भेरीफिकेशन गर्नुपर्ने भएकोले सम्बन्धित व्यक्ति नै अनिवार्य रूपमा उपस्थित हुनुपर्ने नत्र उपलब्ध गराउन नसकिने समेत दर्ता अपरेटर भट्टले बताए  ।

आइतबार देखि बडीकेदार गाउँपालिकाको वडा नम्बर १ बाट सञ्चालन भएको नयाँ दर्ता तथा वितरण कार्य अभियान सोमबार वडा नम्बर ३ घांगल, मंगलवार वडा नम्बर २ बर्छैन, बुधवार वडा नम्बर ४ मान्नाकापडी र बिहीबार वडा नम्बर ५ लानाकेदारेश्वरमा सञ्चालन हुने पालिकाले जनाएको छ । अभियानमा जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई २०७७ साल साउन ३० देखी २०८० साल जेठ मसान्त सम्म दर्ता भएकाहरूको मात्र परिचयपत्र वितरण गरिने समेत पालिकाले जनाएको छ ।